
५ जेठ, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुका चौलागाई विजयी भएकी छन् ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित भए ।
अध्यक्षमा चौलागाई ६ हजार २२८ मत पाएर निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जित राम लामाले ५ हजार ४६३ मत पाएका छन् ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा विजयी नेपाली कांग्रेसका लामाले ७ हजार २१९ मत पाएका छन् । लामाले एमालेकी बविता खरेललाई ३ हजार ६७० मत अन्तरले पराजित गरे । खरेलले ३ हजार ५४९ मत पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4