
५ जेठ, धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् ।
चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् ।
विजयी भएकी भगवतीले १० हजार ४८४ मत प्राप्त गरिने भने पराजित भएकी थारुले ६४७७ मत पाइन् ।
कैलारीमा कांग्रेस-माओवादीले गठबन्धन गर्ने निर्णय गरेपछि दुवै पार्टीले दुवै पदमा आ-आफ्ना उम्मेदवार उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4