
५ जेठ, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रका दिपा बोहरा (दाहाल) निर्वाचित भएकी छन् । उनले ५३७३ मत ल्याएर विजयी हुँदा एमालेका रोमनराज गिरीले ५०९८ मत पाए ।
अध्यक्षमा उन्नत लोकतन्त्र पार्टीका बालकुमार बुर्जाले ९०, राप्रपाका अनुजकुमार दाहालले ४२, बीपी कांग्रेसका माधवप्रसाद न्यौपानेले ३६ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका कपिलकुमार कोइरालाले ६५९४ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेकी हेमाकुमारी अधिकारीले ३९५८ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4