
५ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेका बेला उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जु गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिनेकी छन् ।
पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मत गणना भइसकेको छ । जसमध्ये एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाएका छन् । उनीभन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा २ हजार ३८३ मतले पछाडि छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार ९७७ मत पाउँदै अग्रता लिएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १४ मतले पछि पारेकी छन् ।
१२ वडाको मतगणना सकिँदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4