
५ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भइन् । उनी ८ हजार ८०४ मतसहित निर्वाचित भएकी हुन् ।
उनीसँग नेपाली कांग्रेसकी उम्मेदवार एवम् निवर्तमान उपमेयर शान्ति नेपाललाई १९५ मतले पछि परिन् । शान्ति नेपालले ८ हजार ६०९ मत पाएकी छन् । नेकपा माओवादी केन्द्रको उम्मेदवार पेमा छिरी शेर्पाको पक्षमा २ हजार ७०१ मत परेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोकर्णेश्वरको मेयर र उपमेयर दुवै पद जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4