
५ जेठ, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन् ।
तर उनको विजय रोचक लाग्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापाले यसपटक पाइजाकै छोरा राजनकुमार पाइजालाई हराइन् ।
अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गर्दा राजनकुमारले ५ हजार ७ सय मत ल्याए ।
अघिल्लो निर्वाचनमा ५९२ मत अन्तरले मेहरसिंहसँग हार व्यहोरेकी उनले यो पटक उनका छोरा राजनकुमारलाई १ हजार ५७३ मत अन्तरले पराजित गरेकी छन् ।
गाउँपालिका उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले ७ हजार १०३ मत प्राप्त गर्दा एमालेकी मीनकुमारी रायमाझीले ५ हजार ७२७ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4