
५ जेठ, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा माओवादीका खड्ग विक र उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला निर्वाचित भएका छन् ।
विकले ५ हजार ४७६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत पाए । नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार रत्नाकुमारी बिसीले २९१ मत पाइन् ।
उपाध्यक्षमा निर्वाचित कांग्रेसका बान्तोलाले ४ हजार ७९१ मत ल्याए । नेकपा एमालेकी निर्मला मगरले ३ हजार ९ मत ल्याएर दोस्रो भइन् । २०७४ सालको निर्वाचनमा मगर उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । एकीकृत समाजवादीका नाराप्रसाद देवकोटाले भने ७१५ मत प्राप्त गरे ।
०७४ को स्थानीय तहको निर्वाचनमा सुर्खेतका कुनै पनि पालिकामा नेतृत्व नपाएको माओवादीले यो पटक बहुमतसहित चौकुनेमा विजयी प्राप्त गरेको छ । ०७४ मा पालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको एमाले अहिले पराजित भएका छ । चौकुनेमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए ।
प्रतिक्रिया 4