
५ जेठ, रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् ।
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पालिका र वडामा निर्वाचित जनप्रतिनिधीले सपथ ग्रहण गरेका हुन् । उनीहरु सबैले आज गाउँपालिकाको कार्यालय तकमा पदभार ग्रहण गरेका हुन् ।
मंगलबार नवनिर्वाचित पालिका अध्यक्ष पुनीराज घर्तीलाई मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराएका थिए । त्यसपछि अध्यक्ष घर्तीले बुधबार पालिका उपाध्यक्षसँगै वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
यस गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । १४ वटा वडा रहेको पालिकाको ११ वटा वडामा माओवादी केन्द्रले जितेको छ भने दुई वटा वडामा एमालेले जित्दा एउटा वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4