
५ जेठ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमालेका भोला पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी भएका छन् ।
मेयरमा निर्वाचित पोखरेलले ३ हजार ३९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार केशवप्रसाद साहले ३ हजार २२३ मत ल्याए । निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्र गंगा पासवानले २ हजार ४८२ मत पाए ।
उपमेयरमा निर्वाचित श्रेष्ठले ३ हजार ४८७ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्दी एमालेकी निर्मलाकुमारी पासवानले ३ हजार ९५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4