
५ जेठ, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा माओवादी केन्द्रका हिमाल त्रिपाठी ९३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८३०८ मत पाए ।
अध्यक्षमा तेस्रो भएका नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६५५० मत पाए । राप्रपाका चुडामणि पौडेलले १७७, स्वतन्त्र उम्मेदवार देवेन्द्रले ११ र अर्का स्वतन्त्र उम्मेदवार दामोदर वास्तोलाले ९ मत पाए ।
यस्तै, उपाध्यक्षमा भने एमालेकी लक्ष्मीकुमारी अधिकारी ८८८५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्राकुमारी अर्यालले ८३१५ मत पाइन् भने तेस्रो भएको माओवादीकी कमला गुरुङले ६७०२ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4