
५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार जनता समाज पार्टी (जसपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ८ हजार ३४५ मत बढी ल्याएर अग्रतालाई कायमै राखेका हुन् ।
१२ वटा वडाको ३१ हजार ७०१ मत गणना हुँदा सिंहले १७ हजार २ मत ल्याएका छन् भने सरावगीले ८ हजार ६५७ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरिश गिरीले ७७९ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १२ हजार १४८ मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले २ हजार ४८१ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4