
काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत सर्वोच्च शिखर आरोहण गरेका थिए ।
६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । जहाँ उनले नयाँ गीतसहित मंगोलियन हार्टका चर्चित गीतहरु गुन्गुनाए ।
न्यानो स्वागत पाउँदा हर्षका आँशु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । थाम्नै सकिन । मन दुख्यो मलाई । तर इट्स ब्युटीफुल ।’
उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए ।
हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफू अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।
तस्वीर सौजन्य : उद्धव रसाइली
प्रतिक्रिया 4