५ जेठ, काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्टिय शृंखलाको तेस्रो खेलमा नेपालले युगान्डालाई १०० रनको लक्ष्य दिएको छ ।
नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रनको पारी खेलिन् । त्यस्तै अर्की ओपनर ब्याटर बिन्दु रावल ४ रनमा बोल्ड आउट भइन् ।
तेस्रो क्रममा आएकी सीता राना मगरले १२ रन बनाइन् । त्यस्तै सातौं क्रममा आएकि रुविना १८ रनमा अविजित रहिन् ।
अन्य कुनै पनि ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।
युगान्डाको लागि फिनोमा कुलुमी, कोन्की ओन्के र सारा अकितेङले समान२/२ विकेट लिए ।
प्रतिक्रिया 4