
५ जेठ, पाेखरा । पाेखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलाे पारेका छन् ।
पाेखरामा ५५ हजार २६७ मतगणना हुँदा आचार्यले एमालेका कृष्ण थापालाई २ हजार ७ सय २० मतान्तरले पछि पारेका छन् ।
आचार्यले २२ हजार ८५२ मत ल्याउँदा एमालेका उम्मेदवार थापाले २० हजार १३२ मत ल्याएका छन् । यसअघि ५२ हजार मतगणना हुँदा २ हजार ४९५ मतले आचार्य अगाडि थिए ।
उपमेयरमा भने प्रतिस्पर्धात्मक देखिएकाे छ । यसअघि एमालेकी उपमेयर मञ्जुदेवी गुरुङ ९ मतले अगाडि थिइन् । अहिले भने कांग्रेसकी काेपिला रानाभाटले मञ्जुलाई १ सय ४३ मतले पछि पारेकी छन् । रानाभाटले २३ हजार १६४ मत ल्याउँदा गुरुङले २३ हजार २१ मत ल्याएकी छन् ।
मेयरमा राप्रपाका शंकर खरालले २ हजार ३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले १ हजार ३१२ मत ल्याएका छन् । उपमेयरमा राप्रपा उम्मेदवार रञ्जना सेनले २ हजार ९९ मत पाएकी छन् ।
प्रतिक्रिया 4