
फाइल तस्वीर
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचनको परिणामबाट आफूहरु सन्तुष्ट हुन नसकेको बताए ।
निर्वाचनमा कांग्रेसले इमान्दारिता देखाउन नसकेको र माओवादी केन्द्र भने व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनको आरोप छ ।
‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौं । जुन तरिकाले पाँच दलीय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन,’ उनले भने, ‘हामीले जुन खालको रिजल्ट अपेक्षा गरेका थियौं, त्यो आउन सकेन ।’
चौधरीले कांग्रेस र माओवादी केन्द्र सच्चिए मात्र गठबन्धनलाई अरु अगाडि बढाउन सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4