+
+

नवलपरासीको बर्दघाटको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:४०

५ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय निर्वाचित भएका हुन् ।

मेयर श्रेष्ठले एमालेका मेयर पदका उमेदवार धिरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे । श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७ मत ल्याएका छन् ।

उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भए । उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत आएको छ ।

१६ वडा रहेको नगरपालिकामा २ वटा वडा एमालेले जितेको छ । नेपाली कांग्रेसले ११, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक-एक वटा वडाको वडाध्यक्ष जितेका छन् ।

यसअघि दुवै पद एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको थियो ।

८ पालिका रहेको जिल्लामा पाल्हीनन्दन गाउँपालिकाको मात्र परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?