
५ जेठ, काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ ।
गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र लामा ७ हजार ७८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ९०० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका दलमान (डीएम) थोकरले ६ हजार ६६० मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी सम्तेन लामाले ४ हजार ९७२ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4