
५ जेठ, कैलाली । कैलालीको भजनी नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी वियजी भएको छ ।
नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरी निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई ३ हजार बढी मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
केवलले ८ हजार ९६६ मत ल्याउँदा माओवादी केन्द्रका शेरबहादुरले ५ हजार १९८ मत मात्र पाए । यस्तै नेकपा एमालेका हर्कबहादुर बुढाले ३ हजार २६२, जनता समाजवादीका लक्ष्मीराम चौधरीले १ हजार ४६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राज कुमार चौधरीले ५८८ मत ल्याए ।
यस्तै नगरपालिकाको उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीका राजु तिरुवा निर्वाचित भएकी छन् ।
तिरुवाले निकटतम प्रतिस्पर्धी कांग्रेसका गोकेन्द्र भण्डारीलाई ३ हजार बढी मतले हराउँदै निर्वाचित भएका हुन् । तिरुवाले ७ हजार ६२२ मत ल्याउँदा कांग्रेसका भण्डारीले ४ हजार ४९० मत मात्र पाए ।
यस्तै एमालेका तुलसी चौधरीले ३ हजार १६३, जनता समाजवादीकी कमला ढुंगानाले १ हजार ५७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शारदा शाह मल्लले ९४८ मत ल्याइन् ।
प्रतिक्रिया 4