
५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ ।
उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् ।
खरेलले १२ हजार १५६ मत ल्याउँदा दाेस्राे स्थानमा रहेका कांग्रेस उम्मेदवार फागोले १० हजार २९० मत पाए ।
उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएकी छन् । उनले १० हजार ७०२ मत ल्याएकी छन् । काङ्ग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत पाइन् ।
२०७४ सालको चुनावमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए । याे पटक मेयर उपमेयर जितेको एमालेले ९ वटा वडा रहेको उर्लाबारीमा बहुमत वडा अध्यक्ष पनि जितेको छ । १,३,५,७,८ नम्बर वडा एमालेले जितेकाे हाे । २,४,६, र ९ नम्बर वडाका अध्यक्ष कांग्रेसले जितेको छ ।
प्रतिक्रिया 4