
५ जेठ, राजविराज । खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।
उनी ५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे । यसैगरी उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार यासमिन सुल्तान खातुनले तीन हजार २१० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।
यो नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८४३ मात्र प्राप्त गर्न सके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4