
६ जेठ, सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका शिवशंकर महतो र उपप्रमुखमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी विजयी भएका छन् ।
नेकपा एमाले जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।
महतोले नेपाली कांग्रेसका जिल्ला सभापति तथा दोस्रो संविधानसभा सदस्य रामचन्द्र यादवलाई १५५ मत अन्तरले पछि पारे । महतोका निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत प्राप्त गरेका छन् । निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले भने ४ हजार ३६९ मत प्राप्त गरे ।
उपप्रमुखमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका शोभा कुमारी वरालले ६ हजार ३७८ र निवर्तमान उपप्रमुख तथा नेकपा माओवादी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे ।
१४ वडा रहेको धनगढीमाई नगरपालिकामा सबैभन्दा बढी नेपाली कांग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा वडा जितेका छन् । यसैगरी नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले एक–एक वडा जितेका छन् ।
प्रतिक्रिया 4