
६ जेठ, काठमाडौं । तनहुँको व्यास नगर पालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायमै राखेका छन् ।
सुरुवाती अग्रता लिएका जोशीले ८४३२ मतगणना हुँदासम्म कांग्रेसका बैकुण्ठनाथ न्यौपानेलाई पछि पार्छै निरन्तर अग्रता लिइरहेका छन् ।
एमालेको समर्थन पाएका जोशीले ३८२० मत ल्याएर अग्रता लिइरहेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका न्यौपानेले ३०६४ मत पाएका छन् । जोशी पूर्वमन्त्री तथा कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुन् ।
उपमेयरमा भने कांग्रेसकी इन्दिरा दरैले अग्रता कायम राखेकी छन् । उनले ३४६४ मत ल्याउँदा एमालेकी बसुन्धरा घर्तीले ३११६ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4