
६ जेठ, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनको जित भएको छ ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् ।
माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।
२०७४ को चुनावमा कांग्रेसले ३२ सिटमा ३१ सिटमा विजयी हासिल गरेको पालिकमा गठबन्धनका कारण उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।
६ वडा रहेको बेथानमा १,२,३,४,६ नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ भने ५ नम्बर वडामा स्वतन्त्रले वडा अध्यक्ष जितेको छ ।
प्रतिक्रिया 4