
६ जेठ, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार पोखरेल र उपप्रमुखमा नेकपा एमालेकी मन्जु देवकोटा निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार उपेन्द्र कुमार पोखरेलले निकटतम् प्रतिस्पर्धी एमालेका महेन्द्रदेव श्रेष्ठलाई १६०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
पोखरेलले १४ हजार १८७ मत ल्याउँदा एमालेका श्रेष्ठले १२ हजार ५७६ मत मात्र पाए ।
यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार दीर्घराज श्रेष्ठलाई १००० बढी मतले पराजित गर्दै एमालेकी मन्जु देवकोटाले जितेकी हुन् । मन्जुले १२ हजार ६९४ मत मत ल्याउँदा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत मात्र पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4