
६ जेठ, फागुन । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे निर्वाचित भएका हुन् ।
त्रिपाठी १२ हजार दुई सय ५२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरे ।
उपमेयरमा निर्वाचित गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत पाए ।
४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार ५७२ मत खसेको थियो । १३ वडामध्ये कांग्रेसले नौ, एमालेले दुई र स्वतन्त्रले दुई वडामा जित हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4