+
+

‘कबड्डी ४’को दौडाहामा जोडिए सौगात ! तक्मे बुढा र गौरव पनि सँगै (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:४२

काठमाडौं । यतिबेला ‘कबड्डी ४’ देश दौडाहामा छ । आगामी साता रिलिज हुने फिल्मले बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गर्‍यो ।

दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ । फिल्म छायांकन र निजी व्यस्तताले प्रचारमा हिँड्न नपाएका अभिनेता सौगात मल्ल नारायणगढबाटै पब्लिसिटीमा जोडिएका छन् ।

फिल्मको हिस्सा नभएपनि कलाकारहरु विल्सनविक्रम राई र गौरव पहारी पनि प्रचारमा छन् । विल्सन तेस्रो सिक्वेलमा चाहिँ थिए । ‘फिल्मको हिस्सा नभएपनि उहाँहरु हामीसँगै हुनुहुन्छ, खुशि छौं’ निर्माता मणिराम पोखरेलले भने ।

दयाहाङ राई, मिरुना मगर, विजय बराल पनि दौडाहामा सँगै छन् । फिल्म रिलिज हुन एक साताभन्दा कम समय बाँकी रहँदा पब्लिसिटीमा कबड्डी कस्सिएको हो ।

नारायणी तीरमा भएको कन्सर्टमा कलाकारले गीत गाए । सौगातले चाहिँ ट्रेलरमा राखिएको कविता वाचन गरे । कलाकारले दर्शकलाई उपहार पनि बाँडेका थिए । ७ गते काठमाडौं फर्कने कबड्डी टोलीले राजधानीमा प्रिमिययर आयोजना गर्नेछ ।

डिजिटल र ओभरसिज राइटबाट लगानी उठाइसकेको कबड्डी ४ लाई हल रिलिजमा उति दबाब हुनेछैन । रामबाबु गुरुङ निर्देशित फिल्मलाई मणीराम पोखरेलले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?