
धृतराष्ट्रहरू गर्छन् शासन, चलाउँदै पापका तीर,
सक्दैन सहन माटो, अनि जन्माउँछ नयाँ क्रान्तिवीर ।
सक्छ कसले रोक्न यहाँ, फुट्दै गरेको ज्वालामुखी,
श्रीकृष्ण भन्नुहुन्छ,जित्छ ऊ जो छ सत्मार्गी कर्मवीर।

मुटु उसको बनेको छ माटोले, हो ऊ आफैँमा आगो,
सपुत हो नेपाल आमाको, परे चढाउँछ आफ्नै शिर।
साथ र शक्ति पाएर जनको ऊ बड्दछ फोर्दै चट्टान,
नदी फेर्छे बाटो बुझेर सङ्कल्प, मेटाउने सबका पिर ।
मनमा तुफान, विचारमा तुफान, हो ऊ नरोकिने आँधी,
सलाम गर्छ यो ’सुदन’ गर्वले, देखेर यस्तो युगवीर ।
कुसुन्ती, ललितपुर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4