
६ जेठ, विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाई निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी दमयन्तादेवी चुडाल निर्वाचित भएकी छन् ।
मेयरमा विजयी ७४ वर्षीय सिंहले १३ हजार १३५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाबहादुर बिष्टले ११ हजार २५२ मत ल्याए । राप्रपाका मेयर उम्मेदवार गोविन्दबहादुर कटुवालले ९४० मत पाए ।
उपमेयरमा निर्वाचित चुडालले ९ हजार ३७४ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुमन कालिकोटेले ८ हजार ४७९ मत पाए । उपमेयरमा स्वतन्त्र उम्मेदवार टंकप्रसाद ढकालले २ हजार २०४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4