
६ जेठ, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव विजयी भएका हुन् ।
खाँले ६ हजार ६५३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार हिमान्सु यादवले ४ हजार ७९५ मत ल्याए । जसपाका उम्मेदवार राजीवकुमार बर्माले २ हजार ९३८ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित यादवले निकटतम प्रतिद्धन्द्धी भूमिसरा धिताललाई ३ हजार ४५३ मत अन्तरले पराजित गरिन् । यादवले ६ हजार ९०९ मत ल्याउँदा धितालले ३ हजार ४५६ मत प्राप्त गरेकी छन् ।
धिताल निवर्तमान उपाध्यक्ष समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4