
६ जेठ, चितवन । चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका प्रलाद सापकोटा र उपमेयरमा एमालेका यादवप्रसाद पाठक निर्वाचित भएका हुन् ।
गठबन्धनबाट मेयरमा निर्वाचित सापकोटाले एमालेका बिमला दुवाडीलाई पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६ मत ल्याउँदा दुवाडीले १२ हजार ७२८ मत पाइन् ।
उपमेयरमा निर्वाचित एमालेका पाठकले १२ हजार ७२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत पाए ।
यसअघि रत्ननगर नगरपालिकाको मेयर एमालेले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4