
६ जेठ, इटहरी । वडाध्यक्षमा पराजित भएपछि नेकपा एमाले बराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् ।
बराहक्षेत्र नगरपालिका-३ को वडाध्यक्ष उम्मेदवार बनेका उनले पराजित भएपछि एमाले सुनसरी जिल्ला अध्यक्षलाई पत्राचार गर्दै राजीनामा दिएका हुन् ।
उनले नगरपालिकामा पार्टीलाई पहिलो स्थान दिलाउन नसकेका कारण नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । दाहाल नेपाली कांग्रेसका उम्मेदवार राजदीप लामासँग पराजित भएका हुन् । लामाले १ हजार ८३४ मत ल्याउँदा दाहालले १ हजार ७७१ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4