
६जेठ, काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको चौथो खेलमा नेपालले युगान्डालाई ९८ रनको लक्ष्य दिएको छ ।
बर्षाका कारण २ ओभर घटाइएको खेलमा नेपालले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ९७ रन जोड्न सक्यो । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रन जोडिन् ।
त्यस्तै बिन्दु रावल १६, सीता राना मगर ११, डली भट्टले ६, अप्सरी बेगमले ४, सरिता मगरले २, कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले १-१ रन जोडे ।
युगान्डाका लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् । सारा अकितेङले समान २ र जानेत बाबाजीले १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4