
फाइल तस्वीर
६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडलबाट नेपालको आर्थिक विकास हुन नसक्ने बताएका छन् । उनले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर विकास गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले भने, ‘मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउनुपर्छ ।’
खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4