
६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् ।
शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए । ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, पालिकाको शिक्षा र सामाजिक क्षेत्रमा खर्चिन्छु,’ उनले भने ।
२०५४ सालमा तत्कालीन बाँदीकोट गाउँ विकास समितिको अध्यक्ष भएका एमसी नेकपा माओवादी केन्द्र प्युठानका संयोजक समेत हुन् । उनले राष्ट्रिय जनमोर्चाका टीका जीसीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4