
६ जेठ, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा र उपमेयरमा नेकपा एमालेका विना राना मगर निर्वाचित भएका छन् ।
शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले हराउँदै गर्दै निर्वाचित भएका हुन् ।
शर्माले १५ हजार ६८६ मत ल्याएर निर्वाचित हुँदा कार्कीले १५ हजार १०४ मत मात्र पाए । शर्माले २०७४ मा कार्कीसँग पराजित भएका थिए ।
यस्तै उपमेयरमा नेकपा एमालेका बिना राना मगर निर्वाचित भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाइ २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन्।
रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत मात्र पाए । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4