
६ जेठ, बुटवल । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले स्थानीय तहको प्रमुखमा खाता खोलेको छ ।
उसले रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । जनता प्रगतिशिलका गयाप्रसाद बरई ४ हजार ३८५ मत प्राप्त गरेर अध्यक्षमा बिजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रले ३ हजार २४५ मत पाए ।
उपाध्यक्षमा जनता प्रगतिशिलकै आशा सिंह २ हजार ९६५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुमन यादवले २ हजार ४०९ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4