+
+

सिरहाको लक्ष्मीपुर पतारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:३०

६ जेठ, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव विजयी भएका हुन् ।

अध्यक्षमा जित हातपारेका ठाकुरले ३ हजार ८४५ मत पाएका छन् भने नेकपा एमालेका देव नारायण साहले ३ हजार ५८५ मत पाए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी (जसपा) का केदारनाथ यादवले २ हजार ९५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी यादवले ३ हजार ८४८ मत पाउँदा जसपाकी रञ्जुकुमारी यादवले ३ हजार २३२ मत प्राप्त गरिन् । एमालेकी गिता देवी चौधरीले ३ हजार मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?