
काठमाडौं । चालु आवको तेस्रो त्रैमासिक अवधिमा एनआईसी एशिया बैंकले अधिकांश सूचकहरुमा छलाङ मारेको छ । बैंकका सीईओ रोशनकुमार न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले बढेर २७४.७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन ८६ अर्बबाट करिब ४ गुणाले बढेर ३०२.८१ अर्ब पुगेको छ ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ ३.६० अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक बिन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ । यो २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ ।
बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4