+
+

स्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:५२

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे बीच फर्स्ट पे टेक्नोलोजिजबीच अन्तर आवद्धताको लागि सम्झौता भएको छ । यी दुई कम्पनीले सञ्चालन गर्दै आएका स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताका लागि सम्झौता भएको हो । दुवै कम्पनी नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमति प्राप्त हुन् ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र फर्स्ट पेका प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताका लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

२० वर्षदेखिकार्ड सहित भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिज बीचको सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?