
७ जेठ, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पछाडि पारेका छन् ।
१९ हजार ७२७ मत गणना हुँदा जोशीले सात हजार ९०० मत पाएका छन् भने न्यौपानेले सात हजार ९८६ मत पाएका छन् ।
न्यौपानेले भन्दा जोशी ८६ मतले पछि छन् । १४ वडा रहेको ब्यासमा वडा नम्बर १ देखि ८ सम्मको मत गणना सकिएको छ । अन्य वडाको भने बाँकी छ । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा कैची धेरै मतान्तरले अगाडि थियो ।
तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगेका थिए । पुन: मतदान भएको वडा नम्बर ८ मा भने न्यौपानेले जोशीले भन्दा ६०० मत बढी पाएका थिए । त्यहाँ जोशीले २६९ मत पाउँदा न्यौपानेले ८६६ मत पाएका थिए ।
कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई नेकपा एमालेले समर्थन गरेको छ ।
प्रतिक्रिया 4