
नेपाली कांग्रेसका रामकृष्ण खाँण (वायाँ) र नेकपा एमालेका मोहन चापागाई
८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ ।
अहिले बिहान साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन् । खाँणले १० हजार ५६२ मत पाउँदा एमालेका चापागाईले १० हजार ४९९ मत पाएका छन् ।
उपमेयरमा भने सुरुदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीको अग्रता कायम छ । उनले १० हजार २०१ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई ५ हजार १८९ मत अन्तरले पछि पारेकी छन् । पाण्डेको पक्षमा जम्मा ५ हजार १२ मत परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4