
८ जेठ, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए ।
खाँले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर अध्यक्ष जितेका थिए भने चौधरी निकटम प्रतिस्परपर्धी थिए ।
गाउँपालिकाको उपाध्यक्षमा भने माओबादी केन्द्रका होमप्रकाश चौधरी (कुर्मी) ५१०३ मतका साथ विजयी भएका छन् । उनकी प्रतिस्पर्धी जनमत पार्टीकी चाँदनी चौधरीले ३२२३ मत र जसपाकी पुष्पा यादवले २४६८ मत पाइन् ।
६ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ३ वटा, जसपाले २ वटा र माओबादी केन्द्रले १ वटा वडा जितेका छन् ।
प्रतिक्रिया 4