
८ जेठ, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएका हुन् ।
मेयरमा निर्वाचित ओझाले १० हजार ४३४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याएर दोस्रो भए । नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत ल्याएर तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत मात्रै प्राप्त गरे ।
उपमेयरमा निर्वाचित कांग्रेसकी रानाले ९ हजार ६७५ मत ल्याइन् । नेकपा एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याउँदा माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरिन् ।
मेयरमा निर्वाचित ओझा को हुन् ?
मेयरमा निर्वाचित हेमराज ओझा नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव हुन् । स्कुले जीवनदेखि नै उनी राजनीतिमा चासो राख्थे । सिद्धनाथ क्याम्पसमा पढ्दा उनी त्यहाँ स्ववीयु सदस्य पनि भए ।
२०५८ सालमा गाउँ समितिका सभापति भएका उनी कांग्रेसको १४ औं माहाधिवेशनबाट पार्टी सचिव भए ।
सामाजीक कार्यमा समेत सक्रिय उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका कर्णबहादुर हमालसँग पराजित भएका थिए ।
प्रतिक्रिया 4