
काठमाडौं । इलामेली कविका कविताहरु संग्रहित पुस्तक ‘सिर्जनाको क्यानभासमा इलाम’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा स्रष्टा भानुभक्त भट्टराईको प्रथम वार्षिकोत्सवको अवसर पारेर समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले कृतिको विमोचन गरे ।
पुस्तकमा इलामका १०१ जना कविका कविता संकलन गरिएका छन् । कार्यक्रममा पुस्तकमा समाविष्ट केही कविता वाचन समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4