
८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका ७- ७ जना उम्मेदवार निर्वाचित भएका छन् ।
हालसम्म काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
जसमध्ये वडा नं १,२,३,४,५,३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति, ३१ का सरोज ढकाल र ३२ का नवराज पराजुली रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।
त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनेर सकिएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी
प्रतिक्रिया 4