
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न विशेष साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको नबिल बैंकले जनाएको छ ।
नेपाल बंगलादेश बैंकको सेयर मूल्य अनुपात १००ः४३ रहने गरी विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको हो । अब नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर भएका धनीहरुले नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर पाउने छन् ।
साधारण सभाले बंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कारबाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया 4