
काठमाडौं । अभिनेत्री सारा श्रीपाइलीको फिल्म करिअर सुखद् देखिएको छैन । बेलायती प्रवेशाज्ञा नमिल्दा उनले बिग बजेट फिल्म ‘हनी बनी’ गुमाउनुपर्यो । अहिले उनको हातमा फिल्म छैन ।
फिल्म मात्र होइन, उनको म्युजिक भिडियो करिअर पनि उति सुखद् छैन । यद्यपी, उनी म्युजिक भिडियोमा भाग्य चम्काउन चाहन्छिन् ।
यसैबीच, सारा पछिल्लो समयका चल्तीका र्यापर जी-बबसँग एक म्युजिक भिडियोमा सहकार्य गरेकी छन् । माइकल चन्दले निर्देशन गरेको भिडियो ‘फाइनल्ली भेटियो’मा सारा र जी-बबले सहकार्य गरेका हुन् । गीत छायांकन सकिएको छ । मोडल डेलविस पनि यसमा फिचर्ड हुनेछन् ।
जी-बबकै शब्द र संगीत रहेको गीतमा उनी स्वयं मोडलिङ गर्दैछन् । स्रोतका अनुसार निर्माण कम्पनी ट्री इन्टरटेनमेन्टले जी-बबलाई महंगो रकम दिएर यो गीत निर्माण गर्न लागेको हो । जी-बबसँगको यो सहकार्य साराको लागि कत्तिको लाभदायक हुन्छ, हेर्नु रोचक हुनेछ ।
प्रतिक्रिया 4