
काठमाडौं । नग्न तस्वीर सेयर गरेर कम्युनिटी नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्रामले चर्चित पपगायिका म्याडोनालाई लाइभमा आउन प्रतिबन्ध लगाएको छ ।
इन्स्टाग्रामबाट लाइभमा प्रतिबन्ध लगाइएको नोटिफिकेसन आएपछि आफू स्तब्ध भएको म्याडोनाले जनाएकी छन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै म्याडोनाले आफूलाई प्रतिबन्ध लगाइएकोप्रति आक्रोश व्यक्त गरेकी छन् ।
फिमेल फस्ट डटकोयूकेका अनुसार म्याडोनाले केही दिनयता लगातार नग्न तस्वीर सेयर गरिरहेकी थिइन् । ‘मैले जिन्दगीमा धेरै लुगा लगाइनँ । म शब्दविहीन छु ।’
अन्य प्रयोगकर्तालाई सम्मान गर्नुपर्ने दायित्व रहेको भन्दै इन्स्टाग्रामले म्याडोनालाई चेतावनीपूर्ण सूचना पठाएको छ । कानुनलाई पछ्याउन समेत इन्स्टाले सुझाएको छ ।
इन्स्टाग्रामको पत्रमा लेखिएको छ, ‘हामी हाम्रो प्लेटफर्मलाई प्रेरणा र अभिव्यक्तिको लागि एक प्रामाणिक र सुरक्षित स्थानको रुपमा जारी राख्न चाहन्छौं । हामीलाई यो समुदायलाई पालनपोषण गर्न मद्दत गर्नुहोस् । कानुन पालना गर्नुहोस् र अरुलाई सम्मान गर्नुहोस् ।’
सन् २०२१ मा पनि इन्स्टाग्रामले म्याडोनाको वक्षस्थल देखाएको एक पोस्टलाई कुनै चेतावनीविना हटाएको थियो । ‘जाबो आफ्नो निप्पल पनि थेग्न नसकेको,’ भन्दै म्याडोनाले इन्स्टाग्रामको मजाक उडाएकी थिइन् ।
प्रतिक्रिया 4