
फाइल तस्वीर : सत्तारुढ गठबन्धनको बैठक ।
८ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ । स्थानीय चुनावपछि आइतबार पहिलो पटक सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा चुनावको नतिजाबारे छलफल नै नभएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । नीति तथा कार्यक्रममा दलहरुले आआफ्नो सुझाव दिएका थिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १० गते संसद बैठकमा पेश गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4