
८ जेठ, काठमाडौं । विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न सुझाव दिएका छन् ।
विश्वविद्यालय प्रशासनले विद्यार्थी संगठनहरुलाई आमन्त्रण गरि सुझावको माग गरेको थियो । विद्यार्थीको क्रेडिट आवर नपुगेको, कोर्स नसकिएको तथा परीक्षा केन्द्र तय गर्दा कोर्स पुरा हुन नसकेका लगायत कारण देखाएर आइतबार विदा गर्न नहुने सुझाव दिएका छन् ।
‘क्याम्पसमा पढाई हुने दिन १७० दिन हो । क्रेडिट आवर पनि पुगेको छैन ।’ छलफलमा सहभागी नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले भने,‘आइतबार त्रिवि अन्तर्गतका क्याम्पस विदा दिनु अव्यहारिक छ । शिक्षा क्षेत्रमा आइतबार विदा गर्न नहुने सुझाव दियौं ।’
विद्यार्थी संगठनक नेताहरुको राय सुनिसकेपछि विश्वविद्यालय प्रशासनले कर्मचारीको पनि छलफल डाकेर निर्णय लिने जानकारी दिएको शेर्पाले बताए । आइतबार त्रिवि अन्तर्गतका क्याम्पस विदा नहुनेमा छलफलपछि आशावादी रहेको शेर्पाले बताए ।
सरकारले जेठबाट लागु हुने गरि शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया 4